बैतडी- बैतडीकाे सुर्नया गाउँपालिकामा देउडा प्रतियाेगीता सम्पन्न भएकाे छ ।
गाउँपालिकाकाे आर्थिक सहयाेग तथा लाली गुराँश उद्यमशिल महिला सञ्जालकाे आयाेजनामा वडा नं ५ स्थित राैलेश्वर मावि रामकिबरायलकाे प्राङ्गणमा सञ्चालन भएकाे दुई दिवसीय देउडा प्रतियाेगिता आज सम्पन्न भएकाे हाे ।
हिन्दु नारीहरुकाे महान पर्व हरितालिका तीजकाे अवसरमा देउडा प्रतियाेगिता आयाेजना गरिएकाे थियाे ।
देउडा कार्यक्रममा ५ जना महिला देउडा कलाकारकाे सहभागीता रहेकाे थियाे । साे प्रतियाेगितामा सुर्नया ८ कि कमला साउद प्रथम भएकी छिन् ।
यस्तै द्वितीय सुर्नया ५ कि हजारी मडै र सुर्नया ५ कै कमला मडै हुनुभएकाे लाली गुराँश उद्यिशल महिला सञ्जालकी अध्यक्ष निर्मला महराले बताउनु भयाे ।
यस्तै सुर्नया २ ग्वानीका रतना विष्ट र सुर्नया ५का जमुना मडैले शान्ताेना स्थान हाशिल गरेका छन् ।
आयाेजकका अनुसार प्रथम हुनेलाई ८ हजार , द्वितीयलाई ६ हजार र तृतीय स्थान प्राप्त गर्नेलाई ४ हजार सहित सम्मान पत्र प्रदान गरिएकाे छ ।
यस्तै शान्ताेना स्थान हाशिल गर्ने देउडिया कलाकारलाई २५/ २५ सय सहित सम्मान पत्र प्रदान गरिएकाे हाे ।
महिला सञ्जालकि अध्यक्ष निर्मला महराकाे अध्यक्षता, गाउँपालिका उपाध्यक्ष मञ्जु बाेहरा महराकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे कार्यक्रममा गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत बसन्त बहादुर धानुक, जनप्रतिनिधि, कर्मचारी र देउडा प्रेमि नागरिकहरुकाे सहभागिता रहेकाे थियाे ।
अगामी दिनमा पनि भाषा,कला संस्कृतिको संरक्षण गर्न यस्ता कार्यक्रम आयाेजना गरिने आयाेजकले जनाएकाे छ ।