नेभिगेशन
समाचार

बैतडीको मेलौलीमा किसान सहकारीद्वारा मृत सदस्यको परिवारलाई आर्थिक सहयोग

बैतडी ,  १८ असार / किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पाटन शाखाले मेलौली नगरपालिका–२, सारनपुरका स्व. नारायण ओडको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ। सदस्य सुरक्षण कार्यक्रमअन्तर्गत स्व. ओडकी श्रीमती डम्मरी ओडलाई  २ लाख ५८ हजार ७ सय ३६ नगद रकम हस्तान्तरण गरिएको संस्थाका प्रबन्ध निर्देशक भरतबहादुर रावलले जानकारी दिए।

कार्यक्रममा संस्थाका शाखा प्रबन्धक भरत बहादुर रावलको अध्यक्षता रहेको थियो भने मेलौली न.पा. वडा नं. २ का वडा सदस्य सरस्वती ओडको प्रमुख आतिथ्य रहेको थियो।

स्व. नारायण ओडको मृत्य पछि सहकारीको सुरक्षण योजनाअन्तर्गत उक्त राहत रकम वितरण गरिएको हो। सदस्य सुरक्षण कार्यक्रमले आपत् विपत्तिमा सदस्य तथा परिवारलाई सहारा प्रदान गर्ने उद्देश्य राखेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

पत्रकार पवन अवस्थी एक कुशल लेखक हुन्, जो त्रीनेत्र खबर मा विभिन्न विधाहरूमा आफ्नो कलम चलाउँछन्। उनले राजनीतिक, सामाजिक, आर्थिक, र सांस्कृतिक लगायतका थुप्रै विषयहरूमा गहन अध्ययन र विश्लेषण गरी लेखन गर्छन्।