नेभिगेशन
समाचार

श्री सिद्धेश्वर माबिको विव्यस अध्यक्षमा पुनः प्रेम भाट

 

बैतडी जिल्ला पाटन नगरपालिका वडा नं. ९, स्थित रहेको श्री सिद्धेश्वर माध्यमिक बिद्यालयको नयाँ बिद्यालय व्यवस्थापन समिति गठन गरिएको छ ।

 मंगलबार भएको अभिभावक भेलाबाट पाचौं पटक थप कार्यकालका लागि पुनः  प्रेम सिंह भाटको अध्यक्षता नौ सदस्यीय व्यवस्थापन समिती गठन गरिएको बिद्यालयले जनाएको छ ।  सदस्यहरुमा क्रमश कृष्ण सिंह महरा, नर बहादुर भाट, पार्वती भाट, बसन्ती चन्द, जयन्ती महरा, शिक्षक प्रतिनिधि भरत सिंह भाट र सदस्य सचीवमा बिद्यालयका प्रधानाध्यापक प्रकाश सिंह महरा रहेका छ्न ।

अभिभावक भेलाले सर्वसम्मत भाटको नेतृत्वमा समिती चयन गरिएको जनाएको छ । 

बिद्यालयको चौतर्फी विकासका लागि सबै सरोकारवालाहरु संग हातेमालो गरेर अगाडी बढने र शैक्षिक गुणस्तर सुधारका लागि हरेक पक्ष संग समन्वय सहकार्य गरेर काम गर्ने अध्यक्ष भाटले बताउन भयो ।

 २०१८ सालमा स्थापना भएको सिद्धेश्वर माबिमा हाल कक्षा १० सम्मको पठनपाठन भइरहेको छ भने बिद्यालयले पढाइ संग संगै सामुदायिक, धार्मिक अतिरिक्त कार्यक्रम गर्दै आइरहेको जनाएको छ । 

पाँचौ पटक सिद्धेश्वर माबिको अध्यक्ष पदमा निर्वाचित भाट शिगास माध्यमिक बिद्यालय गौरिशंकर पोखरी गुरुडा बैतडीमा पनि दोस्रो कार्यकाल अध्यक्ष रहनु भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

पत्रकार पवन अवस्थी एक कुशल लेखक हुन्, जो त्रीनेत्र खबर मा विभिन्न विधाहरूमा आफ्नो कलम चलाउँछन्। उनले राजनीतिक, सामाजिक, आर्थिक, र सांस्कृतिक लगायतका थुप्रै विषयहरूमा गहन अध्ययन र विश्लेषण गरी लेखन गर्छन्।